युवालाई लागूपदार्थ दुव्र्यसनीबाट मुक्त गराउन खेलकूदमा सहभागि गराउनुपर्छ :गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवाहरुलाई लागू पदार्थ दुव्र्यसनीबाट मुक्त गराउनका लागि खेलकूदमा सहभागि गराउनुपर्ने बताएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकूद संघको वाग्मती प्रदेश काठमाडौं क्षेत्र नं. ४ को प्रशिक्षण तथा इकाई गठन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले खेलकूदले अनुशासन र व्यक्तित्व विकास मात्र नभै दुव्र्यसनी हुनबाट पनि जोगाउने बताएका हुन् । युवालाई लगत बाटोमा जानबाट रोक्नका लागि पनि संघअन्तरगतका इकाइहरुले खेलकूद कार्यक्रम आयोजनालाई प्रभावकारी बनाउन थापाले सुझाब दिएका छन् । संघका गतिविधिले नेपाली कांग्रेसलाई मात्र फाइदा हुने नभै समाजलाई पनि फाइदा पुग्ने भएकाले जिम्मेवार बन्नुपर्ने उनको भनाई छ । उनले आफू पनि सानैदेखि फुटबल खेल्ने भएकाले साही बाटो समात्न सफल भएको बताए ।
नेपालको पछिल्लो समयको एकदम बाहिर नदेखेको कम छलफल भएको तर असाध्यै ठूलो समस्याको विषय बनेर आएको भनेको लागूपदार्थको दुव्र्यसनीको विषय । यति धेरै परिवार प्रताडित छ । यो विषय हाम्रो छलफलको विषय नै बनेको छैन । मैले मेरो जीवनमा गरेको अनुभवको आधारमा जुनसुकै खेल होस्, चाहे त्यो मार्सल आट्स होस, चाहे त्यो एथलेटिक्स होस्, चाहे त्यो फुटबल, बासकेटबल जुनसुकै होस्, कुनै पनि स्पोट्समा मरेर लागेको मान्छे छ भने ड्रग्समा लाग्ने चान्स एकदमै कम हुन्छ । त्यसकारण नेपाल लोकतान्त्रिक खेलकूद संघले खेलकूदमा २०–२५ जना मान्छेलाई इनकरेज गर्यो भने पनि त्यो ठूलो सेवा हो ।
संघलाई बलियो संस्थाका रुपमा स्थापित गराउनुपर्नेमा जोड दिँदै थापाले पार्टीका तर्फबाट आफू सहयोग गर्न तयार रहेको बताए । तर संघलाई बलियो बनाउनका लागि पदाधिकारी पनि सक्रिय हुनुपर्ने थापाको भनाई छ । संघअन्तरगतका इकाइहरुले खेलकूद कार्यक्रम आयोजनालाई प्रभावकारी बनाउन पनि थापाले सुझाब दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्