पेरिसडाँडामा पीडित किसानहरुको धर्ना

काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज नक्कली जग्गाधनी खडा गर्ने र भ्रष्ट कर्मचारीलाई कारबाहीको माग गर्दै नलवपरासीका पीडित किसानहरुले धर्ना दिएका छन् ।
एकातर्फ स्थायी कमिटिको बैठक बसिरहेको बेला अर्कोतर्फ आफूले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा नक्कली जग्गाधनी बनेर अर्कैको नाममा नामसारी गरेर भूमाफियाले जग्गा हडपेको भन्दै नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–६ का पीडित संघर्ष समितिले आज बिहान माओवादीको पार्टी कार्यालय अगाडि धर्ना दिएका हुन् ।
उनिहरुले ३ दिनदेखी धर्ना दिरहेका छन् । तर आफ्नो कुराहरु राख्न र बोल्न नदिएको पीडित किसानहरु बताउछन् ।
हामी एकदम अन्योलमा छौं । ३ दिन देखी हामी धर्ना बसिरहेका छौं । आज पेशी हो तर माथि जाउ प्राइभेट वकिल राख भन्छन् । मलाई कहि बोल्न दिँदैनन् ।
बैठकस्थलमा धर्ना दिन पुगेका उनीहरुको नाममा भएको जग्गा भारतबाट आएर अर्के व्यक्तिले नक्कली जग्गाधनी बनेर उनीहरुको जग्गा हडपेपछि उनीहरु घरबारबिहीन भएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा ( माओवादी केन्द्र, #पेरिसडाँडामा पीडित किसानहरुको धर्ना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्