भारतको फुटबल महासंघ फिफाद्वारा निलम्बित

काठमाडौं। विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई निलम्बन गरेको छ ।
भारतीय फुटबल महासंघमा राजनीति हस्तक्षेप भएपछि नियमहरुको गम्भीर उल्लंघन भएको भन्दै फिफाले निलम्बन गरेको हो ।
त्यस्तै, आगामी अक्टोबरमा भारतले आयोजना गर्र्न लागेको यू–१७ महिला विश्वकप फुटबल पनि अर्काे देशमा सारिने भएको छ ।
फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अगस्टको सुरुमै निलम्बन गर्ने चेतावनी दिएको थियो ।
फिफाले प्रतिबन्धन लगाएसँगै भारतले छैठौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा खेल्न नपाउने भएको छ ।
महिला साफ भदौ २९ देखि असोज ३ सम्म काठमाडौंमा हुँदैछ ।
२०७५ चैतमा विराटनगरमा साफ महिला च्याम्पियनसिपको पाँचौ संस्करण फाइनलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै उपाधि जितेको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #फिफा, #भारतको फुटबल महासंघ फिफाद्वारा निलम्बित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्