चितवनको भरतपुर २२ बाट नगदसहित ६ जुवाडे पक्राउ

चितवन । चितवनको भरतपुरबाट नगदसहित ६ जना जुवाडेलाइ सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय बिष्णुराज महत्तोको घरमा जुवातास भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गितानगरबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरीको टोलीले भरतपुर महानगरपालिका वर्डा नम्बर २२ बाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका १३ बस्ने साजन आले, भरतपुर महानगरपालिका १४ बस्ने सत्यनारायण महतो, भरतपुर महानगरपालिका २१ बस्ने हिरा पौडेल, भरतपुर महानगरपालिका २२ का विकास सापकोटा, विष्णुराज महतो, देवराम महतोलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ४२ हजार ५०० नगद र १५ बुक तास समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पछिल्लो समय चितवन प्रहरीले जुवातास विरुद्ध अप्रेसन नै चलाइरहेको छ । जुवातास विरुद्ध आक्रमक भएको चितवन प्रहरीले गत, साउन २३ गते बिहान मात्रै भरतपुर ११ स्थित गणेशस्थान चोकबाट नगद तीन लाख रुपैयाँसहित १२ जना जुवाडेलाइ पक्राउ गरेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्