दक्षिण कोरियामा थप ६२ हजार सङ्क्रमित

सोल। दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप ६२ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्।
योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या दुई करोड १४ लाख १८ हजार ३६ पुगेको छ ।
केही दिन अगाडिसम्म दैनिक एक लाखको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा अहिले भने घटेको पाइएको छ । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाख २४ हजार ८२९ रहेको थिय।
अहिले सङ्क्रमित अवस्थामा रहेका मध्ये ५२१ जनाको अवस्था गम्भीर रहेको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा नौ बढी हो ।
दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ५० भन्दा बढीको मृत्यु भएको छ । त्योसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या २५ हजार ६७३ पुगेको छ ।रासस / सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #कोरोना भाइरस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्