राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा जाने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा पुग्ने सचिवालयले जनाएको छ ।
आज पोखराकै एक होटलमा बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । मंगलबार बिहान राष्ट्रपति भण्डारी विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने र त्यसपछि विन्ध्यवासिनी माविको हिरक जयन्तीमा सहभागी हुने कार्यक्रम तालिका रहेको छ ।
मंगलबार दिउँसो उनी गुरुङहरुको विशेष चाड ट्योंटेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने छिन् । कार्यक्रमलाई सम्वोधन गरेर राष्ट्रपति भण्डारी मंगलबार अपराह्न ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ । राष्ट्रपति भण्डारी पोखरा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ आचार्यले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रपति विद्यादेवी भण्डारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्