पर्वतारोहण संघमा देखिएको अन्योलतालाई छिट्टै निराकरण हुन्छ : पर्यटन मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल पर्वतारोहण संघमा देखिएको अन्योलतालाई छिट्टै निराकरण गर्ने बताएका छन् ।
नेपाल पर्वतारोहण संघको वार्षिक साधारणसभा उद्घाघटन कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकासलाई अझ उचाईमा पुर्याउनको लागि आरोहण गर्ने नयाँ हिमालहरु प्रयोग गर्ने योजना अगाडी बढाएको बताए ।
“पर्वतारोहण संघमा देखिएको अन्योलतालाई सरकारको तर्फबाट छिट्टै निराकरण गर्ने र नयाँ हिमालहरु ५ हजार ८ सय मिटर देखी ८ हजार सम्मका हिमालहरुलाई अरोहणको लागी योजना अगाडी बढाएको छ ।”
पर्यटन क्षेत्रबाट नेपालको अर्थतन्त्रलाई टेवा पु¥याउन र रोजगारी सिर्जजनाका लागि २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक भनेर पर्यटन क्षेत्रमा काम गरेमा ठूलो सफलता प्राप्त गर्ने उनले दाबी गरे ।
यस्तै निमा नेरु शेर्पाले पर्यटन क्षेत्रमा रहेका आरोही र यो क्षेत्रमा महत्वपूर्ण योगदान दिने आरोहीको लागि स्रोत, साधन, कोषहरुको व्यवस्था हुनुपर्ने बताएका छन् ।
“हिमाल आरोहणको क्रममा दुर्घटनामा परि अपाङग भएकाहरुको लागी समान्य औषधि उपचारको आवश्यक छ । त्यसैले नेपालको सबै हिमचुलिबाट उठ्ने सामान्य दस्तुरको १० प्रतिशत हुन आउने नेपाल सरकार र संघको सहकार्यमा आरोहण कार्यकारी कोष खडा गर्न आग्रह गर्दछु ।”
सरकारले आरोहण कोषको स्थापना गर्न निमा नेरु शेर्पाले माग गरेका छन् ।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #जीवनराम श्रेष्ठ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्