राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामा सासंदले उठाए प्रश्न

काठमाडौं । सांसद लिलादेवी सिटौलाले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि आशंक्का ब्यक्त गरेकी छिन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बेल्दै राष्ट्रपति राष्ट्रको हुनुपर्ने हो तर उहाँ कुनै पार्टी विशेषको व्यक्ति हुन पुगेको भन्दै सासंद लिलादेवी सिटौलाले आरोप लगाईन ।
“हिजो केपी शर्मा ओली ज्युले लगभग दुई तिहाईको सरकार चलाउनुभयो । २२ महिनासम्म नागरिकता विधेयकमाथि समिति (प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति)मा छलफल भयो तर, उहाँले विधेयकको रुपमा संसदमा ल्याउनुभएन । जब प्रधानमन्त्रीको कुर्सी हल्लियो तब उहाँले त्यही अहिले सरकारले विधेयकको रुपमा ल्याएर संसदबाट पास गराउनुभएको नागरिकता विधेयकलाई अध्यादेशका रुपमा ल्याउनुभयो । र हाम्रो सम्माननीय राष्ट्रपति ज्युले (तुरुन्तै) लालमोहोर लगाउनुभयो । तर, आज त्यही अध्यादेशको रुपमा केपी शर्मा ओली ज्युले ल्याउनु भएकै विधेयक संसदमा आयो र पास भएर गयो । तर, उहाँ (राष्ट्रपति)ले लालमोहोर लगाउनुभएको छैन् ।”
राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राष्ट्रपति राष्ट्रको हुन्छ कि पार्टीको हुन्छ कि कुनै व्यक्ति विशेषको हुन्छ भन्दै यदि नागरिकता विधेयकमा केही अब्जेक्सन राख्नुपर्ने थियो भने तीन÷तीन वर्षसम्म सरकार एकहोरो रुपमा चलाएर दुई तिहाई नजिकको सरकारले किन पास नगरेको ? भन्ने उनको प्रश्न छ ।
आमा बाबुको नागरिकता छ, छोराछोरीहरु नागरिकता नपाएर तड्पिरहेको र आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नागरिकता विधेयक, #राष्ट्रपति विद्यादेवी भण्डारी, #लिलादेवी सिटौला, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्