बीमा सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न विधेयकहरू पारित गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री मोहम्मत इस्तियाक राईले प्रस्तुत गर्नुभएको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ र अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गर्नुभएको अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७९, बहुमतले पारित गरेको हो ।
यसअघि बीमा विधेयकका विषयमा सांसदहरुले छलफलका क्रममा उठाउनुभएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पुनर्विमालाई सरल बनाइएको, बीमा दाबी प्रदेशमा पनि गर्न सकिने, बिमाको पहुँच गाउँका दुरदराजसम्म पुर्याइने बताउनुभयो ।
अर्थमन्त्री शर्माले बिमा क्षेत्रको विकृति विसङ्गतिलाई हटाउन सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो ।
त्यसैगरी, मन्त्री शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै ऋण व्यवस्थापन र पारदर्शिता कायम गर्न विधेयक महत्त्वपूर्ण भएको बताउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक साउन ३१ गते मङ्गलवार बिहान ११ः०० बजे बस्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा, #प्रतिनिधिसभाको बैठक, #बीमा सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्