गाडीले ठक्कर दिएर बाख्रा मरेको भन्दै बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध

काठमाडौं । गाडीले ठक्कर दिएर बाख्रा मरेको भन्दै बञ्चरेडाँडामा स्थानीयले फोहोर फाल्न अवरोध गरेका छन्।
काठमाडौं उपत्यकाको फोहोर लाने बन्चरेडाँडाको बाटोमा बाख्रा मरेपछि फोहोरको गाडी रोकिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।
उनका अनुसार बाख्रा मरेपछि फोहोर बोकेको गाडी बन्चरेडाँडा पुर्याउन स्थानीयले अवरोध गरेका हुन्।
‘काबेरी गाउँमा बाख्रा मरेको रहेछ,’ उनले भने, ‘बाख्रा आफैं मरेको हो कि गाडीले हानेको हो, त्यो पुष्टी भइसकेको छैन।’
काठमाडौं उपत्यकाको फोहोर शनिबारदेखि पुनः उठ्न सुरू भएको थियो। तर आइतबार फेरि बन्चरेडाँडामा फोहोरको गाडीले हानी बाख्रा मरेको भन्दै काबेरी गाउँका पीडितहरूले बाटो अवरोध गरेका हुन्।
पीडितहरूले क्षतिपूर्ति माग गरेको जनाइएको छ।
बालेनले आजैदेखि संख्या बढाएर दैनिक २५० देखि ३५० वटासम्म फोहोर बोकेका गाडी बञ्चरे पुर्याउने बताएका थिए। तर बिहान पनि केही अज्ञात समूहले समेत फोहोर फाल्न अवरोध पुर्याएको महानगरले जनाएको छ।
तारेकश्वर नगरपालिका-३ का अध्यक्ष पर्शुराम अर्यालकाअनुसार गएराति अज्ञात समूहले तीनपिप्ले आठमाइल नजिक ढकाल खोलामा करिब ३ ट्रक फोहोर फालेका थिए।
‘पानीको मुहानमा फोहोर फालिएको भन्दै स्थानीयले बिहान सडक अवरूद्ध गरेका थिए,’ उनले भने, ‘प्रहरीसँग समन्वय गरेर दोषी पत्ता लगाउने भनेर स्थानीयलाई सम्झाएपछि अवरोध खुलेको छ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #फोहोर फाल्न अवरोध, #बञ्चरेडाँडा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्