फोहर व्यवस्थापनका लागि सरकारको भरपर्ने हो भने मेयर शाह असफल निश्चित: योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता तथा सासंद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सरकारको भरपर्ने हो भने असफल हुने निश्चित भएको बताए ।
उनले आइतबार संसदमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई एमालेसँग फोहोर व्यवस्थापनको भिजन भएको भन्दै त्यस काममा एमालेले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार रहेको पनि बताए ।
‘म काठमाडौंका मेयर बालेन शाहलाई भन्न चाहन्छु, ठोस् प्रस्तावसहित आउनुस् नेकपा एमालेसँग त्यो भिजन छ, त्यो दृष्टिकोण छ । नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ । यदी तपाई सरकारको भरपर्नुभयो भने तपाई असफल हुने निश्चित छ । काठमाडौंको बरबादी हुनेछ, सांस्कृतिक सहर काठमाडौंलाई सबै मिलेर रक्षा गरौं।’
उनले ७१ दिनसम्म पनि काठमाडौंको फोहोर नउठेको भन्दै यस विषयमा सरकारले पनि केही पहल नगरेको आरोप लगाए ।
यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ, आज ७१ दिन भयो प्रधानमन्त्रीबाट केही पहल भएको छैन् । सम्बन्धित मन्त्रीहरू बेखबर छन्, त्यस्तै झाडापखाला, हैजा लगायत काठमाडौंमा फोहोरले काठमाडौं नै गनाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन। यो सरकारको हुती पनि छैन। त्यसैले म सरकारको ध्यानाकर्षण आज म गर्दिन ।
फोहोर व्यवस्थापनको विषयमा काम गर्ने सरकारको हुती नभएको भन्दै उनले काठमाडौंका मेयर बालेन शाहालाई एमालेसँग मिलेर काम गर्न आग्रह पनि गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #योगेश भट्टराई
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्