‘नेपालको पर्यटन विकासमा युवाको भूमिका महत्वपूर्ण छ’

नेपालको पर्यटन विकासमा युवाको भूमिका महत्वपूर्ण रहेको बताइएको छ । विश्व युवा दिवसका अवसरमा ठमेल युनेस्को क्लबले आज शान्ति विद्यागृह लैनचौरमा आयोजना गरेको कार्यक्रममा नेपालका युवालाई पर्यटन क्षेत्रमा लगाउन सकेमात्र देशको विकास हुने बताएका हुन् । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले नेपालको पर्यटन क्षेत्रका बारेमा विश्वमाझ चिनाउन नेपाली युवाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
“नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन्, पर्यटकको सहयोगीका रूपमा युवाले नेपालको पर्यटन क्षेत्रका बारेमा विदेशीलाई जानकारी दिनसके युवाको आयआर्जनमा समेत सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको उहाँको भनाइ थियो । ठमेल पर्यटन विकास परिषद्का पूर्वध्यक्ष एवं पर्यटन व्यवसायी डा रामशरण थपलियाले पछिल्लो समय पर्यटन क्षेत्रमा युवा सहभागिता बढ्दै गएको बताउनुभयो ।
“पछिल्लो समय होटल व्यवस्थापन पढाउने कलेज र नाथमले पर्यटन शिक्षा सुरु गरेका छन्, यसले नेपालको पर्यटन क्षेत्रलाई सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो । डा थपलियाले देशको पर्यटन क्षेत्रको विकास गर्नका लागि आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्नुभयो । पर्यटन व्यवसायी रमेश त्रिपाठीले कोरोनाले थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । शान्ति विद्यागृह माध्यमिक विद्यालयकी प्राचार्य शिवकुमारी बराल घिमिरेले देशको अर्थतन्त्रको विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । ठमेल युनेस्को क्लबका अध्यक्ष अनिल सिलवालले युवाले पर्यटन क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्नसक्ने भएकाले युवालाई पर्यटन क्षेत्रमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभएको थियो ।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #ख्यामराज तिवारी, #नेपालको पर्यटन विकासमा युवाको भूमिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्