मूल्य वृद्धि तत्काल नियन्त्रण गर्न सांसदहरूको माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सत्ता पक्षका सांसदहरुले सरकारले कोरोना विरुद्धको खोप अभियान सफल बनाएको, तोकिएको समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र आगामी मङ्सिरमा हुने निर्वाचन पनि सफल रुपमा सम्पन्न गर्ने बताउनुभयो ।
प्रतिपक्ष दलका सांसदहरुले जनतामा गरिबी बढिरहेको भन्दै सरकारले मूल्य वृद्धि नियन्त्रण तत्काल गरी जनतालाई राहत दिनुपर्ने बताउनुभयो ।
सांसदहरु प्रकाश पन्थ, खिमलाल भट्टराई, गङ्गा कुमारी बेल्बासे, सिंहबहादुर विश्वकर्मा, सुरेशकुमार आलेमगर,उदयबहादुर बोहोरा, उर्मिला अर्याल, भगवती न्यौपाने, जितेन्द्रनारायण देवले विशेष समयमा आफ्नो धारणा राख्नुभयो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुभयो ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सभा समक्ष पेश गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक भदौ ६ गते दिनको १२ बजेर ५९ मिनेटमा बस्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रियसभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्