Techie IT
मंगलबार, वैशाख २३,२०८२

पर्साबाट १४३ किलो गाँजा बरामदन


वीरगञ्ज । पर्साबाट सशस्त्र प्रहरीले १४३ किलो गाँजा बरामद गरेको छ ।
बहुअरी चोकमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालबाहक ट्रकबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
मंगलबार राति ११ बजे ड्राइपोर्ट–परवानीपुर सडकखण्ड अन्र्तगत वीरगञ्ज महानगरपालिका–२४ बहुअरीबाट गाँजा बरामदभएको हो ।

पवनपुत्र पेट्रोल पम्पदेखि १५० मिटर उत्तरतिर विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वाटर पर्साबाट खटिएको ७ जनाको गाडी मोबाइल टोलीले गाँजा बरामद गर्न सफल भएको थियो ।
खान तलासीको क्रममा सवारी चालक क्याविनमाथिको हुटमा बाकसमाथि सामान राख्ने खण्ड बनाएर लुकाएर भारततर्फ लैजान लागेको १० प्याकेट अर्थात १४३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : #१४३ किलो गाँजा बरामदन, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545