चितवनको भरतपुरबाट १२ जुवाडे पक्राउ

चितवन । चितवनको भरतपुर महानगरपालिका ११ गणेस्थान चोकबाट तीन लाख रुपैयाँ नगद सहित १२ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा आज (सोमबार) बिहान ३:४० बजेको समयमा गणेशस्थान चोक स्थित सुदिप भण्डारीको घरमा पुगेको प्रहरीले जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका ११ का २६ वर्षीया सुमन भण्डारी, सोही स्थानका २७ वर्षीया किरण लोप्चन, २९ वर्षीया राजेश विक, २६ वर्षीया धन बहादुर बराल, २० वर्षीया सुदिप भण्डारी, ४६ वर्षीय दिपक श्रेष्ठ, २६ वर्षीय करण गुरुङ, भरतपुर महानगरपालिका १२ का ४४ वर्षीया सालिकराम रेग्मी, भरतपुर महानगरपालिका १४ का ५८ वर्षीया सुरेशचन्द्र न्यौपाने, भरतपुर महानगरपालिका २० का ४१ वर्षीया दिनेश दवाडी, भरतपुर महानगरपालिका २६ का ४० वर्षीया ईश्वर महत्तो र गोरखा भछेक ३ का ३५ वर्षीया बिष्णुबहादुर भण्डारी रहेका छन् ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले नगद तीन लाख नौं हजार ७६० रुपैयाँ, ३२ थाना कौडा, एक बुक तास समेत बरामद गरेको जनाएको छ । उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवन बाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्