म सफल मन्त्री हुँ : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफूले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सफलतापूर्वक काम गरेको दाबी गरेकी छिन् ।
सोमबार काठमाण्डौमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको भेटघाट कार्यक्रममा झाँक्रीले आफू मन्त्री हुँदाको वार्षिक प्रगति विवरण अरु मन्त्रालयको भन्दा धेरै राम्रो रहेको दाबी गरेकी हुन् । मन्त्री झाँक्रीकै शब्दमा उनी उत्कृष्ट काम गर्न सफल भएकी छिन् । वार्षिक प्रगति विवरणका आधारमा सबै मन्त्रीहरुबीचको तुलनामा आफू पहिलो नम्बरमा परेको उनको भनाई छ । ७० दशमलब १ प्रतिशत राम्रो काम गरेको र यो अरु मन्त्रालयकोभन्दा धेरै भएको झाँक्रीले बताइन् ।
आफ्नो कार्यकालको वार्षिक प्रगति विवरणमा राम्रो र उत्कृष्ट काम गर्न सफल भएको छु । वार्षिक प्रगति विवरणमा नम्बर एकमा पर्न सफल भएको थिएँ ।)
उपभोक्ता समितिबाट हुने विकास निर्माणको काम रोक्नुभएको थियो, त्यसलाई पछि सर्वोच्च अदालतले उल्ट्याएको थियो नि भन्ने संचारकर्मीको प्रश्नमा झाँक्रीले कुनै जवाफ दिइनन् ।
यसमा मेरो केही पनि प्रतिक्रिया छैन । अब मलाई केही भन्नु नै छैन यो विषयमा ।)
झाँक्रीले राजनीति र अन्य मन्त्रालयसँग सम्बन्धित कामको चर्चा धेरै हुने भए पनि सहरी विकास मन्त्रालयले गर्ने पूर्वाधार विकासका कामको चर्चा थोरै हुने गरेको बताइन् । फरक प्रसंगमा उनले बजेट जहिले पनि राम्रो छ भन्ने तर कार्यान्वयनको पाटो फितलो हुने गरेकोमा असन्तुष्टी जनाइन् । बजेट राम्रो नभै कार्यान्वयन गर्न सकिने हुनुपर्ने झाँक्रीको तर्क छ । उनले नेपालमा बजेट खर्च गर्ने प्रक्रिया नै गलत भएकाले लक्ष्य हासिल हुन नसकेको आशय व्यक्त गरेकी छिन् ।
क्याटेगोरी : समाचार
ट्याग : #रामकुमारी झाँक्री
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्