Techie IT
सोमबार, वैशाख २२,२०८२

धनुषा र गुल्मीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडौं । धनुषा र गुल्मीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
धनुषामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका– २ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार ४५ वर्षीया हंसा देवी दास घाईते भएकी थिईन् । मोटरसाइकलको नम्बर भने खुलेको छैन ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको रामा अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै, गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रेसुङगा नगरपालिका–१० मा लु२ख १८६६ नम्बरको ट्रक बाटो भासिएर दुर्घटना हुँदा ट्रक चालक ३८ वर्षीय रण बहादुर ढेगाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #धनुषा र गुल्मीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु, #सवारी दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545