आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने

काठमाडौँ । संसद् सचिवालयका अनुसार आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ ।
पाँच महिनाअघि गत फागुनमा सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वासको प्रस्ताव दर्ता भए पनि त्यसमाथि कारबाही हुन नसक्दा यसको आलोचना भइरहेको थियो । प्रतिनिधि सभाको आजको बैठकमा महाभियोग प्रस्तावबारे छलफल हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने, #प्रतिनिधि सभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्