चरिकोटमा लाखेनाचको रौनक

दोलखा। चरिकोट बजारको चोक र सडकहरूमा यतिबेला लाखेनाच प्रदर्शन भई रहेका छन् । साँझ पख गरिने लाखेनाच हेर्न सयौँ युवा– युवती तथा जेष्ठजनहरु भेलाहुदा चरिकोट बजारमा रौनक देखिने गरेको छ ।
नेवार समुदायका स्थानीय युवाहरूले २०१५÷०१६ सालबाट चरिकोटमा सुरु गरेको लाखेनाच प्रदर्शनलाई अहिले लालिगुँरास युवा क्लबले निरन्तरता दिई रहेको क्लबका अध्यक्ष प्रविण श्रेष्ठले बताउनु भयो । सांस्कृतिक किंवदन्तीलाई जीवन्त राख्न र सांस्कृतिक परम्परा सहित बजारमा रौनक ल्याउन क्लबले लाखेनाच प्रदर्शनलाई निरन्तरता दिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । कृष्ण अष्टमीको भोलिपल्टसम्म लगातार प्रदर्शन गरिने लाखेनाचले बजारको रौनक थप्ने र दोलखामा पर्यटकलाई थप आकर्षित गर्ने अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ ।
गठेमङ्ग (घण्टाकर्ण) को साँझ नाट्यस्वरीको पूजा गरी नेवारी परम्परा अनुसार सुकुल भोज गरेर लाखेनाच प्रदर्शन गरिने परम्परा रहेको चरिकोट गुठिका अध्यक्ष स्थानीय जेष्ठजन रामदास श्रेष्ठले बताउनु भयो ।
किराँतकालदेखि छुट्टै राज्य रहेको दोलखा बजारमा प्रदर्शन गरिने लाखे नाचकै सिको गर्दै चरिकोटमा पनि यसको प्रदर्शन गर्न थालिएको स्थानीय जेष्ठजनहरुको बुझाई रहेको छ । तर चरिकोटमा प्रदर्शन गरिने लाखेनाच र दोलखामा प्रदर्शन गरिने लाखेनाचको तरीका र बाजा भने फरक रहेको स्थानीय बत्ताउँछन् ।
चरिकोट गुठिका अध्यक्ष रामदास श्रेष्ठका अनुसार चरकोटमा सुरुमा डम्बर बहादुर श्रेष्ठले लाखे नाच्नु भएको थियो । त्यसपछि भक्तबहादुर श्रेष्ठ, हिरालाल श्रेष्ठ, देवकुमार श्रेष्ठ, दान बहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, नारायणलाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ लगायत धेरै अग्रजहरूले यसलाई निरन्तरता दिनु भयो । अहिले लालिगुँरास युवा क्लबमा आबद्ध युवाहरू नाच्ने गरेको क्लबका अध्यक्ष प्रविण श्रेष्ठ बताउनु हुन्छ ।
लाखेलाई कंसको बहिनी पुतना मानिन्छ । यशोदाको गर्भबाट जन्मिएका कृष्णले आफूलाई मार्ने भएकोले कंशले आफ्नी बहिनी पुतनालाई कृष्णलाई मार्न पठाएको तर कृष्णलेनै पुतनालाई मारिदिएको धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । सोही कुराको आधारमा कृष्ण अष्टमीको भोलिपल्ट कृष्णले लाखेलाई मारेर जात्राको अन्त्य गरिँदै आएको क्लबका सचिव विपिन श्रेष्ठ बताउनु हुन्छ ।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #लाखेनाच प्रदर्शन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्