श्रममन्त्री कुँवर र जापानका सहायक उपमन्त्री नाकागावाबीच भेटवार्ता
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जापानका सहायक उपमन्त्री चोतुमो नाकागावासँग भेटवार्ता गर्नु भएको छ । बैठक पछि मन्त्रालयमा भएको भेटमा नेपाली भाषा परीक्षा पास भएका र सिप सिकेर बसेका नेपाली कामदारलाई जापान पठाउने प्रक्रियाका विषयमा छलफल भएको छ ।
मन्त्री कुँवरले ५ हजार बढी नेपालीहरू जापान जानको लागि तयारी अवस्थामा रहेका जानकारी गराउनु भएको थियो । उहाँले उपमन्त्री चोतुमोलाई नेपाली कामदारलाई जापान पठाउनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न अनुरोध गर्नु भएको छ । साथै उहाँले दुई देशबीचको समस्यालाई समाधान गरी मित्रवत् सम्बन्ध स्थापित गर्नुपर्ने बताउनु भयो ।
भेटमा उपमन्त्री चोतुमोले आजको गोष्ठी नेपाली कामदार जापान लैजानका लागि सकारात्मक भएको विश्वास व्यक्त गर्नु भएको छ । उहाँले अहिले जापानमा कामदारको माग धेरै भएकाले (एसएसडब्लू) मार्फत ५ हजार बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको र श्रम सम्झौतामा ढिलाइ भएकाले यो सम्झौता चाडों होस् भन्ने आफूले चाहेको बताउनु भएको थियो ।
चोतुमोले नेपाली कामदारलाई जापान लैजान भइरहेका समस्या समाधान गरी रोजगारीको बाटो खुल्ला गर्न आफूले पहल गर्ने बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #शेरबहादुर कुँवर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्