Techie IT
सोमबार, वैशाख २२,२०८२

‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमको साइकल खरिदमा भ्रष्टाचार


काठमाडौं । प्रदेश नं. २ मधेस प्रदेशको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा खरिद गरेको साइकलमा अनियमितता भएपछि ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

मधेस प्रदेशको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा खरिद गरेको साइकलमा अनियमितता भएको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले साइकल खरिद प्रक्रिया गर्दादेखि भुक्तानी गर्दासम्म कर्मचारी र साइकल आपुर्तिकर्ताले रकम हिनामिना गरेको पृष्टि भएको थियो ।

प्रदेश सचिव यामप्रसाद भुसाल, सि.डि.ई. भगवान झा, सह–लेखापाल राजाराम मण्डल, भण्डार/जिन्सी शाखा प्रमुख अधिकृत बैठौराम स्वार्य महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास र एम÷एस ओम सत्य सल प्रालि वीरगन्जका कार्यकारी निर्देशक रेनु अग्रवालविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

यसैगरी,अख्तियारले बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा सदस्यहरूविरूद्ध पनि मुद्दा दायर गरेको छ। समिति अध्यक्ष तथा उपसचिव दिलिपकुमार प्रधान र अधिकृत आठौं सुरेन्द्रकुमार कर्णविरूद्ध पनि मुद्दा दायर भएको हो ।

उनीहरुमाथि कानुन बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी गर्दै विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमको साइकल खरिदमा भ्रष्टाचार, #अख्तियार दुरुपयोग अनुसन्धान आयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545