पहिरोपीडित परिवारलाई राहतको व्यवस्था गर्न सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न क्षेत्रमा भएको पहिरापीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरामा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पहिरोपीडितलाई तत्काल राहत र पुनः स्थापना गर्नुपर्ने मागसमेत गर्नुभयो । म्याग्दी जिल्लामा दलित समुदायको बस्ती अत्यन्त जोखिममा रहेको बताउँदै उहाँले ती बस्तीलाई अन्यत्र स्थानान्तर गर्नसमेत माग गर्नुभयो ।
सांसद रामबहादुर विष्टले अछाम जिल्लाका विभिन्न स्थानमा अविरल वर्षाका कारण पहिरो आउँदा मानवीय र भौतिक क्षति भएको बताउँदै पहिरापीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । महेन्द्रकुमारी लिम्बूले प्रदेश १ को खोटाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर यही साउन १५ गते गएको भूकम्पका कारण भौतिक क्षति भएको बताउँदै उचित राहत र क्षतिपूर्तिको माग गर्नुभयो । सांसद महेश बस्नेतले मुलुकमा महँगी, भ्रष्टाचार, हत्या, हिंसाका घटना बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद मीनबहादुर विश्वकर्माले बिजुलीबजारस्थित नेपाल चक्रवर्ती हवी कलेजमा शुल्क वृद्धिको विरोधमा गरिएको धर्नाका क्रममा नेपाल विद्यार्थी सङ्घका नेताहरूमाथि प्रहरीले आक्रमण गरी घाइते बनाएको भन्दै आपत्ति जनाउनुभयो । सांसदद्वय रङ्गमती शाही र मीना सुब्बाले सरकारी र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीबीच विभेद गर्न नहुने भन्दै शिक्षामा सबै विद्यार्थीको समान पहुँचको माग गर्नुभयो । सांसद मोहन बानियाले कर्णाली करिडोरलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह गर्नुभयो । सांसद मोहनप्रसाद पाण्डेले पाल्पाका विभिन्न स्थानमा सडक निर्माण कार्यलाई जतिसक्दो चाँडो अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद यशोदा गुरुङ सुवेदीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामवीर मानन्धरले संसद्मा शून्य समयमा सांसदहरुले बोलेका विषय कार्यान्वयन हुनुपर्छ भन्नुभयो । सांसद रेणुका गुरुङले आफूमाथि असुरक्षा बढ्दै गएको भन्दै सरकारसँग सुरक्षाको माग गर्नुभयो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #पहिरोपीडित परिवारलाई राहतको व्यवस्था गर्न सांसदहरूको माग, #प्रतिनिधिसभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्