तारकेश्वर घटना: दिनेशको सुसाइड नोट– बच्चाको मायाले उनीहरुलाई सँगै लाने निर्णय लिएँ ।

४१ वर्षीय दिनेश, उनको श्रीमती ३९ वर्षीया सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीया छोरा आशिक एकै घरमा मृत अवस्थामा फेला परेका थिए।
प्रहरीले घटनास्थलको प्रकृति अनुसार दिनेशले तीन जनाको हत्या गरेर आफूले आत्महत्या गरेको शङ्का गरेको छ। सुसाइड नोटले समेत त्यस्तै देखाएको एक प्रहरी अधिकारीले जानकारी दिए।
१० पेज लामो सुसाइड नोटमा उनले सबै पारिवारिक अवस्थाबारे लेखेका छन्।
श्रीमतीको अर्कैसँग सम्बन्ध रहेको, सधैँ झगडा गर्ने गरेको, माइतीसँग मिलेर प्रहरीकोमा थुनाउने गरेको, ११ वर्ष दुख गरेर कमाएको सम्पत्ति कब्जा गर्न खोजेको उल्लेख गरिएको छ।
श्रीमती र उनको परिवारको कारण घटना घटाएको लेखेका उनले सन्तानको अति माया लाग्ने भएकाले उनीहरूलाई छाडेर आत्महत्या गर्न नसकेको लेखिएको छ।
सुसाइडको केही अंश
११ वर्षसम्म कुवेतको तातो घाममा दुःख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजे। मलाई फसाएर मेरो सम्पत्ति हडप्न खोजे। श्रीमती र श्रीमतीका दाजुहरूले मलाई पटक पटक थुनाएर सम्पत्ति लैजान खोजेकाले यो कदम उठाउन बाध्य भएँ।
मैले कमाएको सबै पैसा श्रीमतीलाई पठाएको थिए। तर श्रीमतीले पैसाजति सबै माइतीलाई दिइन्। फर्केर घर आउँदा ममाथि राम्रो व्यवहार भएन। केही कुरा गर्दा विवाद गर्थिन्। ममाथि कुटपिट गर्थिन्। प्रतिकार गर्दा घरेलु हिंसा र ज्यान मार्ने उद्योग गरेको भन्दै प्रहरीमा उजुरी दिएर थुनाइन्।
मलाई श्रीमतीले मोबाइल छुन र हेर्न पनि दिन्नथीन्। जति बेला पनि आफैँ राख्ने गर्थिन्।ट्वाइलेट जाँदा पनि फोन सँगै लिएर जाने, ट्वाइलेटमै बसेर कुरा गर्ने। मलाई वास्ता नगर्ने गर्थिन्। मोवाइल हेर्नै नदिने गरेकाले मलाई शङ्का लागेको थियो। म श्रीमान् भए पनि मेरो केयर गर्दैनथी। छि-छि, दूर-दुर गर्ने, हेप्ने गर्थी। मलाई पीडा भयो।
मेरा बच्चा बच्चीको औधी माया लाग्छ। मैले बच्चा बच्चीलाई मायाले गर्दा सँगै लिन जान यो कठोर कदम चाल्नु परेको हो। श्रीमती र उनको माइतीका कारण यो कदम उठाउन बाध्य भएँ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #तारकेश्वर नगरपालिका, #सँगै लैजान कठोर कदम चालेँ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्