काभ्रेस्थली घटना अपडेट : माइती पक्षको अवरोधले शव उठाउन ढिलाइ

काठमाडौं । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालमा एकै घरमा मृत भेटिएका ४ जनाको शव उठाउन ढिलाइ भएको छ ।
मृत भेटिएका सुनिता काप्री पाण्डेको माइती पक्षले घटनाको अनुसन्धानको माग गर्दै शव उठाउन अवरोध गरेको प्रहरीले बताएको छ ।
उनीहरुले पति दिनेश र सुनिताबीच विवाद रहेको र दिनेशले सम्बन्धबिच्छेद गर्न चाहेको बताएका छन् । तर सुनिताले अस्वीकार गरेकी थिइन् । पछिल्लो समय सुनिता बेलायत जाने तयारी गरेपछि परिवारमा विवाद बढेको थियो ।
सोमबार विहान दिनेश, सुनितासँगै उनीहरुको छोरा आशिक र आशिका पनि मृत भेटिएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले दिनेशले पत्नी, छोरा र छोरीको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् ।
घटनाबारे जानकारी पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञको टोली घटनास्थल पुगेको थियो । फरेन्सिक विज्ञले पनि मृतकहरुमा धारिलो हतियार प्रहार भएको देखिएको पुष्टि गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #तारकेश्वर नगरपालिका, #माइती पक्षको अवरोधले शव उठाउन ढिलाइ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्