घटनास्थल पुगेका मेयर महर्जन भन्छन् : घटना बीभत्स छ

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका-२ पदमशालमा मृत अवस्थामा फेला परेका चारै जनाको पहिचान खुलेको छ।
सोमबार एक तले घरभित्र एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन्। मृतकहरू गोरखा स्थायी घर भई अहिले पदमशालमा बस्दै आएकाहरू हुन्।
मृत फेला पर्नेमा ३८ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३४ वर्षीया सुनिता, ११ वर्षीया छोरा आशिक र ७ वर्षीया आशिका छन्।
उनीहरूको शव विभत्स अवस्थामा फेला परेको नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी दिए।
उनी आफैं पनि घटनास्थलमा पुगेका थिए।
उनका अनुसार आशिका छाउनीस्थित सैनिक स्कुलमा पढ्थिन्। सोमबार बिहान स्कुल बस लिन आउँदा पनि उनी स्कुल बसमा चढ्न आइनन्। घरनजिकै बस्ने दिनेशका दाइले हेर्न जाँदा उनीहरू मृत फेला परेको मेयर महर्जनले बताए।
‘बिहान नानीलाई लिन बस आएको रहेछ। उनी बस चढ्न नआएपछि हेर्न जाँदा घटना भएको देखिएको हो,’ उनले भने, ‘त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।’
मेयर महर्जनका अनुसार एउटा कोठामा आमा र छोराछोरीको हत्या गरिएको अवस्थामा फेला परेको छ भने दिनेश अर्को कोठामा मृत अवस्थामा फेला परेका छन्।
दिनेशले घाँटी काटेको अवस्थामा फेला परेको उनले बताए।
घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको छ।
घटनाबारे अनुसन्धान गर्न फरेन्सिक डाक्टरको पनि टोली पुगेको छ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #कृष्णहरि महर्जन, #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्