Techie IT
सोमबार, वैशाख २२,२०८२

कास्की सहित ४ जिल्लामा अति भारी वर्षा


काठमाडौं । हाल देशभर वर्षा भइरहेको छ । मौसम बदलीसँगै कतिपय स्थानमा मध्यमदेखि अति भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार चार कास्की, सुनसरी, चितवन र झापा जिल्लामा खतराको तह पार गर्नेगरी वर्षा भइरहेको छ ।

पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३२२.८ मिलिमिटर वर्षा मापन भएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेको विभागले जनाएको छ । जबकि २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।

त्यस्तै, चितवनको शक्तिखोरमा २४ घण्टामा १९५.६ र १२ घण्टामा १८२.६ मिलिमिटर, इटहरीको तरहरामा २४ घण्टामा १७२ मिलिमिटर र झापाको दमकमा १२ घण्टामा १२०.४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।

त्यस्तै, मौसम पूर्वानुमान महाशाखाले देशभर पानी पर्ने सम्भवाना रहेको भन्दै सचेत रहन आग्रह पनि गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कास्कीसहित ४ जिल्लामा अति भारी वर्षा, #देशभर वर्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545