तरुण दलका अध्यक्ष गुरुङ र विद्यार्थी संघका अध्यक्ष शेर्पाबिच भेटघाट

मकवानपुर । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पासहितको टोलिले नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङलाई भेटेका छन् । उक्त भेटघाटमा विद्यार्थी संघ र नेपाल तरुण दलका अध्यक्षबीच संगठनलाई कसरी बिस्तार गर्ने भन्ने बिषयमा गहन छलफल भएको हो ।
दुवै संगठन पार्टीको मेरुदण्डको रुपमा रहेको र संगठनलाई बलियो बनाउन पर्नेमा अध्यक्षबीच गम्भीर रुपमा छलफल भएको थियो । भेटघाटको क्रममा तरुण दल अध्यक्ष गुरुङले युवाहरु पछिल्लो समयमा पार्टीहरु प्रती नै असन्तुष्टि हुँदै गएको बताउदै स्वतन्त्र उम्मेदवारहरुको हावी भएको जानकारी गराउनु भएको थियो ।
साथै यस्तो अवस्थामा पार्टीले भातृ संगठनको मनोवल उच्च बनाउनु पर्ने उहाँले बताउनु भयो ।
भेटमा अध्यक्षहरु बीच संगठन बिस्तारमा आफ्नो-आफ्नो आन्तरिक तयारीबारे छ्लफल भएको तरुण दलका अध्यक्ष गुरुङको सचिवालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल तरुण दल, #नेपाल विद्यार्थी संघ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्