चोरीको मोटरसाईकल तथा लागू औषधसहित दुई जना पक्राउ

चितवन । चोरी भएको मोटरसाईकल तथा लागू औषधसहित दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका ११ बस्ने २२ बर्षीया सुमन गुरुङ र २१ बर्षीया विबेक थापा रहेका छन् ।
उनीहरुले कञ्चनपुर बेलौरी नगरपालिका २ घर भई हाल भरतपुर महानगरपालिका ५ बस्ने प्रशान्त बुढाथोकीले घरको कम्पाउन्डमा पार्किङ गरी राखिएको प्रदेश ०३-०२८ प ४९३८ नंम्बरको केटिएम ड्युक मोटरसाईकल चोरी गरेका थिए ।
घर अगाडि कम्पाउन्डबाटै मोटरसाइकल चोरी भएपछि बुढाथोकीले जिल्ला प्रहरी कार्यालयमा निवेदन बैशाख २६ गते निवेदन दिएपछि प्रहरीले नम्बर परिवर्तन गरी प्रदेश ३-००३ प ५८९० को प्लेट लगाई चलाएको अवस्थामा भरतपुर २ स्थित सडकबाट उनीहरुलाई मोटरसाइकल र लागूऔषध सहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका मध्य विबेक थापाको साथबाट प्रहरीले लागुऔषध फेनारगन ५ एम्पुल, डाईजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल गरी जम्मा १५ एम्पुल समेत फेला पारेको छ ।
उनीहरु विरुद्ध प्रहरीले लागूऔषध तथा चोरी मुद्दामा आज (शुक्रबार) सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्