Techie IT
शुक्रबार, असार ६,२०८२

गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु


कैलाली । कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी–१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि चालक धनगढी–३ विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ । पछाडि सवार हमालको टाउकोमा चोट लागेको थियो । उनको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545