अमेरिकी सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कासँग भेट गर्दै

काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने भएका छन् ।
हिजो नेपाल भ्रमणमा आएका उनले आज प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. खड्कासँग भेट गर्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । सहायक विदेशमन्त्री लु काठमाडौँमा हुने एक अवार्ड वितरण कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।
एमसीसी पारित हुनुअघि गत मंसिरमा नेपाल भ्रमणमा आएका उनले यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने दूतावासले जनाएको छ ।
साथै उनले दुई देशको आर्थिक विकासप्रतिको प्रतिबद्धता, लोकतन्त्र तथा मानवाधिकारका विषयमा पनि कुराकानी गर्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु, #डोनाल्ड लु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्