बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको लालझाडीकी पाँच वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लालझाडी गाउँपालिका वडा नम्बर २ कसुवाका ५५ वर्षीय रामदत्त रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाका परिवारजनले दिएको जाहेरीका आधारमा रानालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।
केही दिनअघि बालिका बस्ने घरमा पाहुनाको रूपमा आएका रानाले घरमा कोही नभएको बेला सोमबार मध्यान्ह ती बालिकालाई निर्वस्त्र पारी जबरजस्तीकरणी गर्ने प्रयास गरेको र बालिकाकी आमा घरमा पुग्दा राना त्यहाँबाट फरार भई कसुवा गएको परिवार स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा बालिकाको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ, #पक्राउ, #पाँच वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्