Techie IT
शुक्रबार, वैशाख २६,२०८२

बझाङमा ७७ वर्षीया वृद्धा चार दिनदेखि बेपत्ता


काठमाडौँ । बझाङमा एक वृद्धा चार दिनदेखि बेपत्ता भएकी छिन् । खप्तड राष्टिय निकुञ्जभित्र पर्ने लामपुच्छ्रे ठाउँबाट छोरीसँग भेट गरी घर फर्किने क्रममा उनी बेपत्ता भएकी हुन् ।

बेपत्ता हुनेमा जिल्लाको खप्तडछान्ना गाउँपालिका– १ बस्ने अन्दाजी ७७ वर्षीया गंगादेवी जोशी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

बेपत्ता भएकी वृद्धाको स्थानीयसँग मिलेर निरन्तर खोजी कार्य भइरहेको उनको भनाइ छ । जंगलको बाटो भएर घर फर्किने क्रममा बाटो बिराएर जंगलभित्र नै हराएको हुन सक्ने स्थानीयको आशंका रहेको छ ।

लामो समयसम्म बेपत्ता भएपछि उनका आफन्त हर्कराज जोशीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएर खोजी गरिदिन आग्रह गरेका छन् । साउन ८ गते बिहान १० बजेतिर छोरीलाई भेटेर आफ्नो भैँसीखर्क रहेको स्थान बलेमेला भन्ने ठाउँमा फर्कने क्रममा उनी बेपत्ता भएको जोशीको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बझाङमा एक वृद्धा चार दिनदेखि बेपत्ता, #बेपत्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Partly Cloudy
5:16 am6:43 pm +0545