कल सेन्टरका दुई सञ्चालकलाई ठगी मुद्दा दर्ता

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरका मुख्य अभियुक्तलाई प्रहरीले ठगी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।
साउन ८ गते जानकीनगरस्थित ब्लु स्काई बिजनेस सोलुसन नामक कम्पनीमा विद्युतीय अपराध भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । तीन वटा तल्ला भाडामा लिएर विभिन्न सामाजिक सञ्जाल र एप्सहरु मार्फत विभिन्न व्यक्तिहरूलाई म्यासेज गरी बैङ्क लोन अफर गर्ने, प्रलोभन देखाउने, धम्की हैरानी दिने र अश्लील सामग्रीहरु समेत पठाई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उक्त कल सेन्टरमा छापा मारेको थियो ।
इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले त्यहाँ काम गर्ने ११५ जना पुरुष र ९८ जना महिला कर्मचारी समेत २१३ जनालाई निगरानीमा राखी मुख्य भूमिकामा रहेका २ जनामाथि ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताउनुभयो ।
कल सेन्टरका मुख्य भूमिकामा रहेका जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं. १३ का ४० वर्षीय हिमाल बाठामगर र भारत विहार प्रदेश गायविद्या पञ्चायत मचारीका २५ वर्षीय जिसाद दवाङ्गे (निरञ्जन कुमार) लाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो । साथै कम्प्युटर लगायत अन्य उपकरणहरू बरामद गरी थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ । बरामद भएका उपकरणका बारेमा यथेष्ट जानकारी लिन नसकेपछि प्रहरीले अनुसन्धानका लागि सीआईबीको टोली बुटवल मगाएको छ ।
बरामद गरिएका कम्प्युटर र मोबाइलहरू खोलेर विस्तृत अनुसन्धान गर्न सीआईबीको टोलीलाई बुटवल बोलाइएको प्रहरी नायव उपरीक्षक केसीले बताउनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #२१३ जनालाई निगरानीमा, #कल सेन्टरका दुई सञ्चालकलाई ठगी मुद्दा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्