Techie IT
शुक्रबार, असार ६,२०८२

नवलपरासीमा बस पल्टेर आगलागी हुँदा २१ यात्रु घाइते


नवलपरासी पूर्व । नवलपरासी पूर्व (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बस दुर्घटना भएको छ। पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भई पल्टिएको हो ।

मध्यविन्दु जिल्ला अस्पताल डण्डामा घाइतेको उपचार भइरहेको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले बताए। उनका अनुसार बस सडकमै पल्टेपछि आगलागी भएको छ। दुर्घटनामा करिब २१ जना यात्रु घाइते छन्।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बस दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Rain
5:07 am7:03 pm +0545