कुवेतमा नयाँ प्रधानमन्त्री नियुक्त
कुवेत सिटी। कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराउनुभएको हो ।
कुवेतका अमिरले यहाँका अहमद नवाफ अल–अहमद अल–सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो निर्देशिकामार्फत् शनिबार गराउनुभएको छ ।
कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले दिएको जानकारीअनुसार यहाँको संसदले राष्ट्रिय सभामा सो कुराको जानकारी गराउने छ ।
नवनियुक्त प्रधानमन्त्री र उहाँको नयाँ मन्त्रिमण्डलले आफ्नो कार्यभार सुरु गर्नुअघि राष्ट्रिय सभामा अनुमोदन गराउनुपर्ने संवैधानिक प्रावधान रहेको बताइएको छ ।
सोही बमोजिम सोमबार उक्त सभाबाट उनीहरुको नाम अनुमोदन गराएर नयाँ कार्यभार सुरु गर्ने कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले जानकारी दिएको छ ।
यसअघि अघिल्लो प्रधानमन्त्रीले गत मे मा दिनुभएको राजीनामा कुवेतका अमिरले स्वीकृत गर्नुभएको थियो । उक्त मन्त्रिमण्डलमा नवनियुक्त प्रधानमन्त्री अहमद नवाफ अल–अहमद अल–सबाह उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री रहनुभएको थियो ।
सन् १९५६ मा जन्मिनुभएका नवनियुक्त प्रधामन्त्री कुवेतका अमिर नवाफ अल–अहमद अल जाबिर अल–सबाहका कान्छा छोरा हुनुहुन्छ ।सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #कुवेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्