कांग्रेसले अहंकार देखाउन थाल्यो : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहमा पहिलो दल बनेपछि कांग्रेसले अहंकार देखाउन थालेको बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टीको मद्धतले नै स्थानीय निर्वाचनमा कांग्रेस पहिलो दल भएको भन्दै पहिलो पार्टी बनेपछि कांग्रेसले अहंकार देखाउन थालेको बताएका हुन् ।
उनले अहिले कांग्रेसले नै आफ्नो पार्टीलाई प्रयोग गरेर आफैलाई बुर्कुसी मार्ने हो कि भन्ने डर पैदा भएको समेत बताए । उनले दुईतिहाइको फुर्ती देखाएकालाई सडकमा फालेर इतिहासमा नै नयाँ किर्तिमान बनाएको जिकिर गरेका छन् ।
अध्यक्ष नेपालले गठबन्धनको डम्फु नबजाई पार्टीलाई सुदृढ बनाउने स्पष्ट पारे । त्यस्तै उनले कम्युनिष्ट पार्टी दुईतिहाईमा पुगेपनि त्यसको सहि उपयोग गर्न नसकेको उल्लेख गरेका छन् ।
नेपालले केहि व्यक्तिमा अहंकार बढेको र निरंकुश प्रबृति हावी भएका कारण नै कम्युनिष्ट पार्टी बिभाजित भएको तर्क गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #माधव नेपाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्