Techie IT
मंगलबार, वैशाख २३,२०८२

भिमसेनथापा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता टोलटोलमै वितरण गर्ने


गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरबाटै दिन तयारी थालेको छ । मेगा बैंक घ्याम्पेशाल शाखासँगको सहकार्यमा अब सेवाग्राहीको घरघरबाटै भत्ता वितरण गर्नका लागि सबै तयारी पुरा भएको गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जरा(अक्कलले जानकारी दिनुभयो ।

अध्यक्ष बञ्जराले सामाजिक सञ्जालमा भत्ता वितरण तालिका सहितको पोष्ट राख्दै भनेका छन्, “गाउँ टोल घरघरमा स्थानीय सरकारको महसुस हुने गरी कामलाई थालनी गरिदै छ । अब सामाजिक सुरक्षा भत्ता गाउँ टोलमै वितरण गर्न मेगा बैंकसँग सहकार्य भएकाले तालिका अनुसारको मिति, समय र स्थानमा सामाजिक सुरक्षा भत्ता वितरण हुने जानकारी गराउँदछौँ । आउनुहोस् समृद्ध भिमसेनथापा गाउँपालिका बनाउन सबैले हातेमालो गरौँ । ”

मेगा बैंकले जारी गरेको तालिका अनुसार यही श्रावण १० गते वडा नं. १, ११ गते वडा नं. २, १२ गते वडा नं. ३, १५ गते वडा नं. ५, १६ गते वडा नं. ७ र १७ गते वडा नं. ८ को वडा कार्यालय भवनबाट वितरण गरिने छ ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##गोरखा, #भिमसेनथापा गाउँपालिका, #लोक प्रसाद बञ्जरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545