निवर्तमान अर्थमन्त्री शर्मासँग छानबिन समितिले आज छलफल गर्ने

काठमाडौं । जेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी बनाएकोबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ । आज बस्ने समितिको बैठकमा निवर्तमान अर्थमन्त्री शर्मालाई बोलाइएको समिति सदस्य बिमला बिकले जानकारी दिएकी छन् ।
मंगलबार बसेको समितिको बैठकले सिसिटिभी फुटेज डिलिट भएको भए रिकभर गर्न सकिन्छ त ? भनेर विज्ञहरुको राय लिएको थियो ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभरको लागि प्रक्रिया अघि बढाएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञले सफ्टवेयरको व्यवस्था गरे रिकभर हुनसक्ने सुझाव दिएपछि समितिले सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको छ। जेठ १४ र १५ गतेको सिसिटिभी फुटेज मन्त्रालयले नदिएपछि रिकभरका लागि प्रक्रिया अघि बढाइएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #जनार्दन शर्मा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्