टि ट्वान्टी लिग खेल्ने टोलीको नाम सार्वजनिक

काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको नेपाल टि–ट्वान्टी लिग खेल्ने चार टोलीको नाम र टिम मालिकको घोषणा भएको छ ।
आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले चार टिम र टिम मालिकको नाम सार्वजनिक गरिएको हो । प्रतियोगितामा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । कान्तिपुरको टिम मालिकमा महेश्वर स्वाँर, लुम्बिनीको सञ्जय शर्मा, विराटनगरका विक्रम यादव र जनकपुरका गौरीशङ्कर धामनी रहनुभएको छ ।
पहिलो संस्करणको उक्त प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ । बाँकी दुई टिमको नाम र मालिक भने चाँडै सार्वजनिक गरिने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यतासमेत दिएको छ भने क्यानले उक्त प्रतियोगितालाई नेपालको आधिकारिक फ्रेन्चाइज लिग मानेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #टि–ट्वान्टी लिग, #नेपाल क्रिकेट सङ्घ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्