त्रिचन्द्र कलेजको पुनर्निर्माणलाई उपेक्षा गर्नु प्राज्ञिक जगतकै उपहास: प्रदीप पौडेल

काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले त्रिचन्द्र कलेजको पुननिर्माणलाई उपेक्षा गर्नु प्राज्ञिक जगतकै उपहास भएको बताउनु भएको छ ।
सामाजिक संञ्जाल फेसबुक मार्फत नेता पौडेलले भन्नु भएको छ: ईतिहासदेखि नै दक्ष प्राज्ञ,प्रशासक, वैज्ञानिक, राजनीतिज्ञ तथा बरिष्ठ साहित्यकारहरु जन्माउदै आएको मुलुककै एतिहासिक ज्ञानकेन्द्र त्रिचन्द्र कलेजको पुनर्निर्माणलाई उपेक्षा गर्नु भनेको प्राज्ञिक जगतकै उपहास गर्नु हो। हाम्रो शिक्षाको गौरवपूर्ण इतिहासलाई जीवन्त राखिराख्न पनि मौलिक शैलीमा यसका पुरातन भौतिक संरचनाहरुको संरक्षण गर्नुपर्छ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको क्याम्पसको भौतिक संरचनाको पुनस्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन्। कलेजमा अध्ययनरत विद्यार्थीहरुले भवन कतिबेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको छ ।
वर्षाको समयमा भवनका कक्षाकोठामा पानी चुहिने गरेको छ। अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीको संख्या बढीरहे पनि भवन भत्किएर खस्ने हो कि भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको विद्यार्थीको गुनासो छ। प्रधानमन्त्री शेरबहादुर देउवाले समेत आफूले अध्ययन गरेको कलेजको पुनस्निर्माणका लागि कुनै चासो नदिएको विद्यार्थीको गुनासो छ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रदीप पौडेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्