गहना तथा नगद चोरी गरेको अभियोगमा विराटनगरबाट पक्राउ

मोरङ। सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनामा संलग्न उनलाई १ थान मंगलसुत्र, १ थान चेन, ४ थान झुम्का, १ थान लकेट, १२ आनाको औठी, १ थान तिलहरी तथा चाँदीको पाउजु र २ थान सिक्री सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी यसअघि पनि चोरी मुद्दामा सजाय पाएको खुल्न आएको छ । उनी उपर चोरी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्