राष्ट्रियसभाका सांसदहरुद्धारा नागरिकतासम्बन्धी विधेयक चाँडो पारित गर्नुपर्ने माग

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गर्नुभएको छ ।
सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले)का सांसद खिमलाल भट्टराईले भन्नुभयो, “नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुङ्ग्याउनुपर्छ, राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नै पर्छ ।”
सबै राजनीतिक पार्टीको राजनीतिक यात्रा विकासको निम्ति हुनुपर्नेमा जोड दिँदै उहाँले पछिल्लो समयमा बढ्दै गएको महँगीको अन्त्य गर्नुपर्ने माग गर्नुभयो । सङ्घीयतालाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने गरी सरकारले गतिविधि गरिरहेको उहाँले टिप्पणी गर्नुभयो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आइतबार भएको घटनाबारे आपत्ति जनाउँदै उहाँले त्यसबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो । उहाँले सार्वजनिक लेखा समितिको सभापति आफैँले लेखापरीक्षण गरेको भन्दै राजीनामाको माग गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का सांसद बिना पोखरेलले नागरिकता विधेयक राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएको जनाउँदै नागरिकतासम्बन्धी विधि सरल भए पनि नीति कठोर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नागरिकताको विषयमा छिमेकी मुलुकको गरेको कानुनी व्यवस्था र प्रयोगलाई पनि हेरिनु पर्दछ, नागरिकता प्रदान गर्ने विधि सरल तर नागरिकतासम्बन्धी हाम्रो नीति भने कठोर हुनुपर्दछ ।”
नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले नेपालको परराष्ट्र नीति प्रष्ट र एकरूपता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले एमसिसीका बारेमा भएका टिका टिप्पणीबारे सरकारको प्रष्ट धारणा बन्नुपर्ने धारणा राख्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नागरिकतासम्बन्धी विधेयक, #राष्ट्रियसभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्