गाई/गोरुको जस्तो देखिने मासु सहित तीन जना पक्राउ

चितवन । चितवनमा गाई/गोरुको जस्तो देखिने मासु सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अटो चालक धादिङ रुवी भ्याली वडा नंम्बर ५ बस्ने २८ बर्षीया शंकर तामाङ, भरतपुर १० बस्ने ४५ बर्षीया प्रतिक ठकुरी र कास्की पोखरा महानगरपालिका वडा नंम्बर ११ बस्ने ३५ बर्षीया होम घिमिरे रहेका छन् ।
उनीहरुलाई प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीको चेकिङ टोलिले आज बिहीबार बिहान ०३:३० बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको ना २ ह ३९६९ नंम्बरको अटोलाई रोकी चेकजाँच गर्दा अटोमा प्लास्टिकको बोरामा लुकाई छिपाई ल्याएको गोरु/गाईको जस्तो देखिने मासु (मांस), खुट्टा सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु विरुद्ध पशुंपन्छि सम्बन्धी कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्