मिर्गौला पीडित आलेको उपचारका लागि आर्थिक सहयोग

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१२ का धनमाया आलेको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा रहेका नेपालीहरुले मिर्गौला पीडित आलेलाई रु एक लाख ६३ हजार आर्थिक सहयोग गरेका हुन् ।
दुबईबाट सुरेश लामाको नेतृत्वमा रु एक लाख १६ हजार र वीरतासिंह गुरुङको नेतृत्वमा रु ४७ हजार आलेलाई सहयोग उपलब्ध भएको अभियन्ता राजेन्द्रसिंह ठकुरीले जानकारी दिए । मिर्गौला पीडित ५० वर्षीया आलेले आर्थिक अवस्था कमजोर भएका कारण नियमित स्वास्थ्य परीक्षणमा समेत समस्या भएको बताए ।
आर्थिक अवस्था कमजोर भएकी आलेको उपचारका लागि सुरेश लामा, किरण कुमाल, हरि कुमाल, सुभाष पुन, प्रताप लामालगायतको दुबईमा कार्यरत नेपालीहरुको सक्रियतामा सहयोग रकम सङ्कलन गरिएको हो । –रासस
क्याटेगोरी : समाचार
ट्याग : #आर्थिक सहयोग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्