हराएका मोबाइल खोज्दै बुझाउँदै चितवन प्रहरी, २१ मोबाईल सम्बन्धि धनीलाई हस्तान्तरण

चितवन । चितवन प्रहरीले विभिन्न मितीमा विभिन्न स्थानहरूबाट चोरी भएका तथा हराएका मोबाइलहरुको खोजी गरेर सम्बन्धि मोवाइल धनीलाई हस्तान्तरण गरेको छ ।
प्रहरीले चितवन जिल्ला लगायत काठमाण्डौं, पर्सा, नवलपरासी जिल्लामा चलाएको अवस्थामा हराएका आइफोन, स्यामसुङ, रेडमी , ओप्पो, भिभो, पोको कम्पनीको २१ थान मोबाईल खोजी गरेर सम्बन्धि धनीलाई हस्तान्तरण गरेको हो ।
१४ हजार रुपैयाँदेखी एक लाख २५ हजार रुपैयाँ सम्मको मूल्य रहेको सो, मोबाईल अन्दाजी पाँच लाख २५ हजार मुल्य बराबरका रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
मोबाईल हराएका मोबाईल धनीहरुलाई मोबाईल खोजीका लागी हेल्प डेस्क नै खडा गरी मोबाईल हराएको उजुरी लिने र मोबाईल खोजी गरी भेटिएपछि सम्बन्धि धनीलाई जिम्मा लगाउने गरेको (एसपी) अधिकारी बताउँछन् ।
आफ्ना हराएका तथा चोरी भएका मोबाइल भेटिएसंँगै उनीहरुले प्रहरीको उच्च प्रशंसा गर्दै धन्यवाद समेत दिएका थिए । पछिल्लो समय चितवन प्रहरीले आफ्नु सक्रियता बढाए संँगै मोबाईल फेला पर्ने क्रम समेत बढ्दै गएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्