शिन्जो आबेको हत्या दोस्रो प्रयासमा भएको खुलासा
टोकियो। जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या दोस्रो प्रयासमा भएको खुलेको छ ।
शुक्रबार नाराको पश्चिमी क्षेत्रमा निर्वाचन अभियानलाई सम्बोधन गरिरहेका बेला आबेमाथि गोली प्रहार हुँदा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा गोली प्रहार गर्ने ४१ वर्षीय तेत्सुया यामागामीले एक दिनअघि नै आबेको हत्या गर्ने मनस्थिति बनाएर निस्किएका थिए। बिहीबार नै हत्या गर्ने उनको योजना थियो।
रिपोर्टअनुसार उनले आबेलाई अर्कै कार्यक्रममा मार्ने उद्देश्यले बिहीबार ओकायामाको पश्चिमी क्षेत्र गएका थिए। तर उक्त कार्यक्रममा सहभागीहरूले आफ्नो नाम र ठेगाना पेस गर्नुपर्ने भएपछि आफ्नो योजनाबाट उनी पछि हटेको बयान उनले दिएका अनुसन्धान अधिकारीहरूले बताएका छन्।
हिरासतमा जारी अनुसन्धान उनले आबेलाई निशाना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएका जापानको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले राजनीतिज्ञहरू ‘अमूक सङ्गठन’सँग जोडिएको कारण आफूले पूर्व प्रधानमन्त्रीलाई निशाना बनाएको दाबी गरेका छन्।
स्थानीय सञ्चारमाध्यमले यस सङ्गठनलाई धार्मिक भनी वर्णन गरेका छन्। आक्रमणकारी यामागामीकी आमाले पनि उक्त समूहलाई दिएको दानका कारण आफ्नो परिवारलाई आर्थिक समस्या भएको दाबी गरेकी छन् । –रासस/एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #शिन्जो आबे
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्