तिमिल्सिना समाजको बैठक : बंशावली प्रकाशन र एम्बुलेन्स संचालन मुख्य प्राथमिकता

काठमाडौं । तिमिल्सिना समाज नेपालको केन्द्रीय समिति तथा बंशावली निमार्ण मूल समितिको संयुक्त बैठक नेशनल ल कलेजमा सम्पन्न भएको छ । समाजका अध्यक्ष दिपक तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले बंशावली निमार्ण , कार्यालय ब्यवस्थापन ,बिभिन्न दाताहरुबाट प्राप्त जग्गाको ब्यवस्थापन , एम्बुलेन्स संचालन , भावी योजना लगायतका बिषयमा गम्भीर छलफल भएको समाजका महासचिव होम प्रसाद तिमिल्सिनाले बताउनुभयो ।
उहाँका अनुसार समाजले देशभरका तिमिल्सिनाहरुलाई समाजमा गोलबद्ध गर्न बिभिन्नि श्रृजनात्मक एवं रचनात्मक काम गर्दे तिमिल्सिना समाज प्रति आत्मीयता बढाउन बिभिन्न योजना अगाडी सारेको बताउनुभयो ।
बैठकमा समाजका पूर्व अध्यक्ष डा. रामकृष्ण तिमिल्सिना , नवराज तिमिल्सिना , सल्लाहकार उद्धव प्रसाद तिमिल्सिना , केन्द्रिय पदाधिकारी लगायतका उपस्थीती रहेको थियो ।
समाजले एम्बुलेन्स संचालन गर्ने
तिमिल्सिना समाज नेपालका अध्यक्ष दिपक तिमिल्सिनाले एम्बुलेन्स संचालन गर्ने अन्तिम तयारी भएको बताउनुभयो । समाजको भारतीय दुताबास संगको सहकार्यमा यही श्रावण २९ गते एम्बुलेन्स हस्तान्तरण कार्यक्रम रहेको र सो पश्चात कार्यबिधि मार्फत एम्बुलेन्स संचालन गरिने बताउदै गौर आवासीय नेपाली संघ लगायतका संस्थाहरुसंग सहकार्य एवं तिमिल्सिना बन्धुहरुको साथ र सहयोयमा बिभिन्न कार्य गरिने बताउनु भयो ।
बिभिन्न समिति गठन
तिमिल्सिना समाज नेपालको मिति २०७९ बैशाख ६ गते बसेको केन्द्रिय समितिको बैठकको समाजका क्रियाकलापहरुलाई चुस्त रुपमा ब्यवस्थापन र समन्वयन गर्नका लागी निम्न अनुसारको बिभिन्न समिति गठन गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तिमिल्सिना समाज, #दिपक तिमिल्सिना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्