राजीनामा दिएका अर्थमन्त्री शर्मा माथि मंगलबारदेखि छानबिन थालिने

काठमाडौँ । अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मा माथि मंगलबारदेखि छानबिन थालिने भएको छ।करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको, सीसीटीभी फुटेज मेटाएको आरोपबारे छानबिन गर्न गठित संसदीय समितिले मंगलबारबाट काम सुरु गर्ने भएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको थियो। समितिमा एमालेका ४ सांसद, २–२ सांसद नेपाली कांग्रेस र माओवादी केन्द्रका तथा एकीकृत समाजवादी, जसपा र लोसपाबाट १–१ सांसद सदस्य रहेका छन्। शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले राखेको सहजीकरण बैठकमा छानबिन समितिले मंगलबारबाट काम सुरु गर्न सहमति जनाएका हुन्।
अर्थमन्त्री शर्मामाथि छानवीनको रिपोर्ट बुझाउन १० दिनको समय दिइएको छ। ‘शर्मामाथि छानबिनका लागि गठित समितिले मंगलबार काम सुरु गर्ने निर्णय गरेको छ,’ समितिका एक सदस्यले भने, ‘संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई सदस्य सचिव तोकेर काम अघि बढाइएको छ।’सचिवालयले काम सुरु गरेपछि शर्मामाथिको छानबिन अघि बढेको छ। बिहीबार नै समितिले काम थाल्ने तयारी भए पनि एक दिन ढिला भएको हो। शुक्रबार सभामुख सापकोटाले सहजीकरण बैठक राखेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जनार्दन शर्मा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्