जापानका पूर्व प्रधानमन्त्री आवे अचेत उपचार चल्दै

काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार भएको जापानको एनएचके टीभीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
आक्रमणकारीले आवेलाई दुई पटक गोली प्रहार गरेका थिए । गोली लागेर ढलेका आवेलाई सुरक्षाकर्मीले तत्कालै खुला ठाउँमा लगेका थिए । केहीबेरपछि एअर एम्बुलेन्सबाट अस्पताल लगिएको र उहाँको होस् आउन नसकेको समाचारमा उल्लेख छ ।
प्रहरीले गोली प्रहार गर्ने ४० वर्षका एक पुरुषलाई पक्राउ गरेको छ । जापानमा गोली प्रहारका घटना निकै कम हुने गरेको अवस्थामा पूर्व प्रधानमन्त्रीमाथि नै आक्रमण हुनुलाई निकै गम्भीरताका साथ लिइएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking, #जापान, #सिञ्जो आवेमाथि गोली प्रहार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्