अर्थमन्त्रीकाे राजीनामा राजनीतिक पहलकदमीबाट विपक्षीलाई जवाफ: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले पार्टीले त्याग, वैधानिक र राजनीतिक पहलकदमीबाट विपक्षीलाई जवाफ दिएको बताउनुभएको छ ।
केन्द्रिय समितिको बैठकमा सदस्यहरूको जिज्ञासा र प्रस्तावमाथिको प्रष्टीकरणमा अध्यक्ष प्रचण्डले अर्थमन्त्रीले राजीनामा दिनैपर्ने बाध्यता नभएपनि पार्टीले नैतिकता देखाएको बताउनुभयो ।
उहाँले पार्टीले नैतिकताको राजनीति गर्छ भन्ने सन्देश दिएको बताउँदै छानबिन प्रक्रियालाई सहज बनाउन रोष्टमबाट आफ्ना कुरा दृढतापूर्वक राखेर अर्थमन्त्रीले राजीनामा दिनुभएको उल्लेख गर्नुभयो ।
अध्यक्ष प्रचण्डले सरकार र गठबन्धनलाई नै अप्ठ्यारो पार्ने षड्यन्त्र भएको बताउँदै अर्थमन्त्री जनार्दन शर्माले कुनै गल्ती नगरेको समेत प्रष्ट पार्नुभयो ।
बैठकमा अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन गर्ने जानकारी समेत दिनुभयो ।
महाधिवेशनको मिति छिट्टै तोकिने भन्दै अध्यक्ष प्रचण्डले महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्ने दाबी समेत गर्नुभयो ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र, #पुष्पकमल दाहाल प्रचण्ड, #प्रचण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्